दफा ५२घ
दण्ड सजायः
दफा ५२ख. बमोजिम जग्गा उपलव्ध गराउँदा बा दफा ५२ग. बमोजिम अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने क्रममा कुनै व्यक्तिले जग्गा प्राप्त गर्ने उद्देश्यले देहायको कार्य गरेमा तोकिएको अधिकारीले देहाय बमोजिम सजाय गर्न सक्नेछः-
(क) आफ्नो विवरण नदिएको बा गलत विवरण वा अभिलेख पेश गरेको तर जग्गा र संरचना प्राप्त गरिनसकेको अवस्था भएमा पच्चीस हजार रुपैयाँसम्म जरिबाना ।
(ख) आफ्नो बिवरण नदिएको“वा गलत विवरण वा अभिलेख पेश गरी जग्गा वा संरचना प्राप्त गरेको करा प्रमाणित हुन आएकोमा त्यस्तो जग्गा वा संरचना जफत गरी एक लाख - रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा“दुवै सजाय।
(ग) झुठो विवरण लेखी सर्जमिन गर्ने वा झुठो सिफारिस गर्नेलाई पच्चीस हजार रुपैंयासम्म जरिबाना